अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

लोकपथ
28
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन् ।  

नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको फेस्टिबलको गुडविल एम्बेस्डरमा उनीहरूलाई शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो ।

कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा  बलुनमा उडेर चलचित्रको  सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए ।  

नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए । जसको उदाहरण बलुन नेपालमार्फत हट एयर  बलुनमा उड्न पाउनु समेत रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बलुन महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत महानायक हमालले विश्वास व्यक्त गरे ।

नायिका कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र  बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन् । 

उनले भनिन्, ‘म यो ऐतिहासिक कार्यक्रमको एउटा हिस्सा बन्न पाउँदा अत्यन्त खुसी छु ।’ बलुन नेपाल प्रालिको आयोजना र  रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटन राजधानी पोखरामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना गर्न लागेको हो ।

क्रिष्टमस र अंग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९  गतेदेखि १६  गतेसम्म महोत्सव आयोजना गर्न लागिएको सो । कार्यक्रममा बलुनमा उड्न चाहने पर्यटकका लागि कम्पनीको आधिकारिक वेबसाइटमार्फत अग्रिम बुकिङ समेत खुला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?