पाकिस्तान जानेबारे के भन्छन् जयशंकर ?

लोकपथ
28
Shares

नयाँ दिल्ली । विदेशमन्त्री एस जयशंकरले पाकिस्तान भ्रमणलाई लिएर प्रतिक्रिया दिएका छन् ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनमा विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तान जाने जानकारी दिएको थियो ।

परराष्ट्र मन्त्री जयशंकरले भने, ‘हो, म यही महिनाको मध्यमा सांघाई सहयोग संगठन (एससीओ) बैठकमा सहभागी हुन पाकिस्तान जानेछु । सामान्यतया प्रधानमन्त्रीले सरकार 

प्रमुखको उच्चस्तरीय बैठकमा सहभागी हुने परम्परा छ । दुई देशबीचको सम्बन्धका कारण सञ्चारमाध्यममा धेरै चासो रहनेछ ।’

उनले थपे, ‘मेरो यो भ्रमण बहुपक्षीय कार्यक्रमका लागि हो । म त्यहाँ भारत-पाकिस्तान सम्बन्धको चर्चा गर्न जान लागेको होइन। म त्यहाँ एससीओको राम्रो सदस्य बन्न जाँदैछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?