पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मत सम्भार

लोकपथ
0
Shares
फाइल तस्बिर

इलाम । पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माई खोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मत सम्भारको काम रोकिएको छ ।  

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मत सम्भारको काम शनिबार साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगित गरिएको हो ।

यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । उक्त सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?