ह्वाईटरोज बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारसभा सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । ह्वाईटरोज बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारसभा सम्पन्न भएको छ ।

शनिबार काठमाडौंको ठूलो भर्‍याङस्थित क्वालीटी क्याफेमा एक समारोहकाबीच वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
१५औँ साधारणसभाबाट अध्यक्षको रुपमा संस्थाको जिम्मेवारी रामशरण पुडासैनीले सम्हालेका छन् ।

अध्यक्षमा नवनिर्वाचित पुडासैनीले आफ्नो आगामी कार्ययोजना समेत प्रस्तुत गरे । साथै आगामी दिनमा संस्थालाई थप चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले ह्वाईटरोजले एक कोष बनाएर जानुपर्ने जसबाट आकस्मिक उपचार लगायतका लागि त्यसले सहयोग गर्ने प्रस्ताव समेत प्रस्तुत गरे । अध्यक्ष पुडासैनीले संस्थाको वार्षिक आम्दानी १ करोड पुर्याउने लक्ष्य राखिएको जानकारी गराए ।

यसअघि संस्थाको अध्यक्ष रहेका गणेशप्रसाद बजगाइँले नेतृत्व हस्तान्तरण गरेका हुन् । १६९ शेयर सदस्य रहेको उक्त सहकारीमा असल ऋणी तथा असल कारोबारीहरुलाई सम्मान समेत गरिएको थियो । सहकारीको बदमासी आइरहेका बेला ह्वाईटरोजले विश्वाशिलो ढंगले काम गरिरहेको छ ।

उक्त कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार रामचन्द्र भुसालले १५ वर्षअघि जन्मिएको संस्थाले राम्रो काम गरिरहेको भन्दै खुसी व्यक्त गरे । साथै आफू लगायत संस्थामा सुरुवाती दिनदेखि नै जोडिएका व्यक्तिहरुले अनुगमन गरिरहेको र यसले आगामी दिनमा थप प्रगती गर्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा सल्लाहकार ओम शर्मा चापागाईँ, संस्थापक उपाध्यक्ष एवं सल्लाहकार वरिष्ठ अधिवक्त सिताराम केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै संस्थाकी कोषाध्यक्ष यदुकुमारी बगाले, लेखा समिति सदस्य लक्षण न्यौपाने, कार्यकारी सदस्य राजेश पाठकले संस्थाको विभिन्न शिर्षकका वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?