दसैँमा स्वस्थ खसी कसरी चिन्ने ?

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा खसी बोका पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । दसैँ नजिकिँदै गर्दा सहरमा खसी–बोकाको बिक्री वितरण बढ्न थालेको छ। 

हाल बजारमा विभिन्न ठाउँबाट खसीहरू ल्याइन्छ र बिक्री वितरण गरिन्छ। गाउँघरबाट ल्याइएका खसी बोका सहरबाट बिक्री हुन्छन्। बाटैमा पनि किनबेच हुन्छ। तर, त्यसरी नकिनौँ । किनभने सबै खसी स्वस्थ हुँदैनन्। आधिकारिक बिक्री केन्द्र वा बजारमा पुगेर किनबेच गर्दा स्वास्थ्य चाँज गरेका खसी बोका पाइन्छ।   

यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसी बोका बिक्री भइरहेका स्थानमा पशु चिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ । टुकुचामा खसी बोका स्वास्थ्य परीक्षण गरिरहेका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्मा भन्छन्, ‘स्वस्थ खसी बोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न ।’ विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न  सुझाव दिएका हुन् । 

काठमाडौं उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो  सात सय २० देखि  सात सय ५५, पहाडका खसी  ६ सय ७० देखि सात सय पाँच, बोका ६ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो  एक हजार तीन सयमा बिक्री भइरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?