प्रसूति गृहमा मानसिक स्वास्थ्य सम्बन्धी ओपीडी सेवा सुरु

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिमा मानसिक स्वास्थ्य ओपीडी सेवा सुरु भएको छ । 

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य ओपीडी सेवाको उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहपछि मन्त्री पौडेलले मन्त्रालयलाई उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यस अन्तर्गत काम गरिरहेको बताए ।

मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र नभई नेपाली समाजलाई नै यसको परामर्शको आवश्यक रहेको उनको भनाइ छ । 

उनले भने,‘उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यस अन्तर्गत काम गरिरहेको छौँ । त्यसको लागि आज एउटा नयाँ प्रयास गरेका छौँ । यो सानो कुरा हुनसक्छ तर असाध्यै महत्त्वपूर्ण विषय हो । यो मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र होइन नेपाली समाजलाई नै यसको  काउन्सिलिङ आवश्यक छ ।’

सेवा सुरुवातले गर्भवती महिलाहरुलाई धेरै राहत पुग्ने उनको भनाइ छ । उनले अस्पतालमा मानसिक सेवा सुरु गर्न जनशक्ति अपुग हुने कारण छात्र वृत्तिमा मानसिक स्वास्थ्य सम्बन्धी जनशक्तिलाई प्राथमिकतासाथ परोपकारमा पठाउन पहल गर्ने र उनीहरूलाई थप सशक्त बनाउने पनि प्रतिबद्धता जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?