जबरजस्ती करणी अभियोगमा २ जना पक्राउ

लोकपथ
161
Shares

काठमाडौं । तनहुँ र ओखलढुंगाबाट महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार साँझ दुई जनालाई पक्राउ गरेको छ।

तनहुँमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–६ स्याम्घा घर भई हाल सोही नगरपालिका–४ शितलटोल बस्ने ४३ वर्षीय पंचलाल दर्जी पक्रउ परेका हुन् । दर्जीले ती महिलालाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

साथै ओखलढुंगामा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका–३ बगाले टोल बस्ने ४० वर्षीय देवराज राईलाई प्रहरीले पक्राउ गरेको छ। राईले ती महिलालाई गत असोज १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी केत्तुके र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?