गाजास्थित मस्जिदमा इजरायली आक्रमण, २१ जनाको मृत्यु

लोकपथ
49
Shares
फाइल तस्बिर

गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।

मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रयस्थल बनाइएको थियो ।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मस्जिदमा रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरभित्र सक्रिय हमासका आतङ्ककारीमाथि आक्रमण गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?