करिब ९० किलोग्राम गाँजा बरामद

लोकपथ
70
Shares

काठमाडौं । चितवनको माडी नगरपालिका–९ बाँदरझुलाको प्लट नम्बर–५ बाट अवैध लागुऔषध गाँजा करिब ९० किलोग्राम शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँस्थित मकैबारी भित्र ८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?