सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकको नातेदार नहुने : सर्वेक्षण

लोकपथ
119
Shares

टोकियो । जापानमा सन् २०५० मा ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको संख्या १.५ गुणाले वृद्धि हुने र १० प्रतिशतभन्दा बढी वृद्धवृद्धा नजिकको आफन्तविहीन हुने स्थानीय सञ्चारमाध्यमले हालै सार्वजनिक रिपोर्टलाई उद्धृत गरी आइतबार जनाएका छन् ।

जापान रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार हाल ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका वृद्धवृद्धाको संख्या ४४ लाख ८० हजार छ । सन् २०५० सम्ममा यो संख्या तीन करोड ९० लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ । क्योदो न्यूजकाअनुसार जापानमा विवाह गर्नेको संख्यामा कम भएकाले वृद्ध जनसंख्या बढ्दै गएको र यस्तो अवस्थामा अवस्थामा अस्पताल र हेरचाह गृहका रहेका वृद्धवृद्धाको कसले ग्यारेन्टीको भूमिका निर्वाह गर्ने भन्ने चिन्ता बढेको छ ।

जापानको नागरिक संहिताले आफ्नो वृद्ध परिवारका सदस्यलाई सहयोग गर्ने जिम्मेवारी तीन पुस्ता भित्रका नातेदारलाई दिएको प्रतिवेदनमा उल्लेख छ । नेशनल इन्स्टिच्युट अफ पपुलेशन एण्ड सोसियल सेक्युरिटी रिसर्चको तथ्याङकमा आधारित अनुमानअनुसार कुनै नजिकको नातेदार नभएका र सार्वजनिक दीर्घकालीन हेरचाह बीमा अन्तर्गत दीर्घकालीन हेरचाह वा समर्थनको आवश्यकताको रूपमा प्रमाणित भएका वृद्ध व्यक्तिहरू २०५० मा तीन करोड ४० हजार देखि पाँच करोड ९० हजारसम्म पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?