नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ (तस्बिरहरु)

लोकपथ
70
Shares

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?