करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
112
Shares

काठमाडौं । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खजुरा गाउँपालिका–६ मनकामना बस्ने २६ वर्षीय आलमदार खाँ रहेका छन् ।

सोही ठाउँस्थित घरमा विवाहको टेन्टको बत्ती जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुशिल कोइराला क्यान्सर प्रखर अस्पताल खजुरामा उपचारको क्रममा शनिबार बेलुकी मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?