यी हुन् मन्त्रिपरिषद् २१ निर्णयहरु

लोकपथ
364
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकका २१ निर्णयहरु सार्वजनिक भएको छ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बाढी प्रभावित विभिन्न १२ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र तोक्ने निर्णय भएको बताए ।

त्यस्तै बुटवल उपमहानगरपालिकालाई उजारसिंह रंगशाला आयोजना निर्माणका लागि तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने समेतका निर्णयहरु भएका छन् ।

बैठकका निर्णयहरू :

१. थाइल्यान्डको बैंककमा २०८१ असोज २२ देखि २४ सम्म आयोजना हुने सामाजिक विकाससम्बन्धी कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. प्रकाश कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

२.नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ गतेको निर्णयअनुसार नेपाल राष्ट्र बैंकका गभर्नर उपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने । 

३.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि अधिकृत स्तरका २८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने । 

४.नेपाल विद्युत प्राधिकरण रामेछाप उपवितरण केन्द्रको लागि करिब सात रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।

५.राजस्व न्यायाधिकरण विराटनगरको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत विराटनगरका माननीय न्यायाधीश श्री ध्रुवराज नन्दलाई र राजस्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका माननीय न्यायाधीश श्री सुभाष पौडेललाई तोक्ने ।

६.वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दीपायलका माननीय न्यायाधीश श्री गोकर्ण डाँगीलाई तोक्ने ।

७.२०८१ असोज १० देखि परेको अविरल वर्षाका कारण प्रभावित बाह्र जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाको लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने।

८.गृह मन्त्रालयअन्तर्गतका आ.व. २०८१/८२ का लागि अधिकृत स्तरका २१ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने । 

९.गृह मन्त्रालयलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने । 

१०.अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने।

११.नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकउपर लोक सेवा आयोगको परामर्श लिन स्वीकृति दिने । 

१२.बुटवल उपमहानगरपालिकालाई उजारसिंह रंगशाला आयोजना निर्माणका लागि तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने । 

१३.मिति २०८१/७/१३ देखि ऐ १४ सम्म कोलम्बियामा आयोजना हुने High Level Segment of the UN Biodiversity Conference 2024 कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

१४.मिति २०८१/६/२३ देखि ऐ. २५ सम्म अजरबैजानमा आयोजना हुने High Level Ministerial Dialogue on the New Collective Quantified Goal on Climate Finance / Pre–COP Informal Ministerial Meeting सहभागी हुन माननीय वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

१५.अजिरकोट गाउँ कार्यपालिकाको कार्यालय, गोरखालाई प्रशासनिक भवन निर्माणको लागि छ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

१६.व्यवहारिक विज्ञान प्रविधि तथा नवप्रवर्तन कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने।

१७.वैदेशिक रोजगार (छैटौँ संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।

१८.सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्ष पदमा प्रा.डा.ठाकुर प्रसाद दवाडीलाई मनोनयन गर्ने।

१९.२०८१ असोज २१ देखि २३ सम्म भारतको नयाँदिल्लीमा सञ्चालन हुने Seventy–seventh Session of the WHO Regional Committee for South–East Asia कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।

२०. यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी आदेश जारी गर्ने।

२१.जल तथा मौसम विज्ञान नीति, २०८१ स्वीकृत गर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?