नवनियुक्त प्रधानन्यायाधीश राउतले सम्हाले कार्यभार, यी हुन् ५ बुँदे योजना

लोकपथ
98
Shares

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले पदभार ग्रहण छन् । आइतबार प्रधान्यायाधीश कार्यालय सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीश जस्तो  हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताए । नेपालको न्यायालय अहिले लयमा फर्किएको भन्दै उनले त्यसलाई समृद्ध बनाउनका लागि आफूहरू लागि परिरहेको बताए । 

उनले भने,‘मेरो लागि आज ऐतिहासिक दिन हो । किनभने देशको प्रधानन्यायाधीशको हैसियतमा छु । नेपालको न्यायालय अहिले लयमा फर्किएको छ । सुखद् र गौरवको विषय हो । यसलाई समृद्ध बनाउनु पर्छ । त्यसको लागि हामी लागि परेका छौँ ।’

उनले आफ्ना पाँचवटा बुँदाहरु लक्ष्यको रुपमा सुनाउँदै त्यसलाई जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाए । 

उनले भने,‘पाँच वटा बुँदाहरु लक्ष्यका रुपमा निर्धारित गरेका छौँ । छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायिक सुशासन, जनआस्थामा अभिवृद्धि, सूचना प्रविधिको प्रचुर प्रयोग र मानव संसाधन र भौतिक पूर्वाधार पूर्वाधार लक्ष्य हुन् र पवित्र पनि छन् ।’ 

उनले आफूले पहिले पनि राज्यको चौथो अंगको रुपमा काम गरेको भन्दै अब पनि त्यही अनुरूप काम गर्ने बताए ।  उनले आइतबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?