सीजीले बिक्री गर्ने ‘नथिङ’ बन्यो सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा एक नम्बर

लोकपथ
35
Shares

काठमाडौं । ग्रेट इन्डियन स्मार्टफोन सर्भे २०२४ मा समग्र सन्तुष्टमा नथिङले एक नम्बर स्थान हासिल गरेको छ । आठ हजार भन्दा बढी ग्राहकमा गरिएको एक विशेष सर्भेमा ब्रान्ड प्रति सर्वाधिक सन्तुष्ट ग्राहकहरू नथिङले प्राप्त गर्न सफल भएको हो ।

ब्लोटवेयर फ्रि क्लिन अपरेटिङ सिस्टमका लागि टेक कम्युनिटीले मुक्त कण्ठले प्रशंसा पाउने नथिङले आफ्नो तेस्रो जेनेरेसनको अपरेटिङ सिस्टम नथिङ ओएस ३ अक्टोबरमा रोल आउट गर्ने घोषणा गरेको छ ।

नथिङले आफ्नो नयाँ बड्स नथिङ इअर ओपनको गत अक्टोबर २६ मा लन्डनमा आयोजित एक समारोहमा अनावरण गर्दै नयाँ अपरेटिङ सिस्टमको समेत जानकारी दिएको हो ।

स्मार्टफोन तथा एक्सेसोरिज्का क्षेत्रमा रिभुलेसनरी डिजाइन, उत्तम प्रदर्शन र खरिद योग्य मूल्यका माध्यमबाट आम उपभोक्ताको मन जित्न सफल भएको नथिङ नेपाली बजारमा चौधरी समूहले आयात तथा बिक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा नथिङले अतुलनीय विक्री पश्चातको सेवा प्रदान गर्ने नीति लिएको छ । नथिङका स्मार्टफोन तथा एक्सेसोरीज्मा कुनै पनि समस्या आएको खण्डमा रिप्लेसमेन्ट दिने वारेन्टी पोलिसी लिएको नथिङले फिजिकल ड्यामेजमा समेत नयाँ नै स्मार्टफोन आफ्ना ग्राहकलाई दिनेछ ।

यि र यस्तै सेवाग्राही प्रतिको उच्च प्रतिबद्धताका कारण ग्राहक सन्तुष्टिमा नथिङ सर्वोत्कृष्ट ब्रान्ड बन्न सफल भएको विज्ञहरूको प्रतिक्रिया रहेको छ ।

हाल नेपाली बजारमा नथिङ तथा नथिङको सब ब्राण्ड सिएमएफ बाई नथिङका स्मार्टफोन तथा एक्सेसोरीजहरु उपलब्ध छन् । भारतीय बजारसँग प्रतिस्पर्धा गर्ने मूल्य, उत्कृष्ट फिचर र सर्वोत्कृष्ट विक्री पश्चातको सेवाले नथिङ नेपाली बजारमा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ ।

‘नेपाली बजारमा नथिङले निरन्तर राम्रो परिणाम दिलाउन सफल हुँदै आएको छ,’ नथिङका लागि नेपाली आयातकर्ता सिजी मोबाइलका महाप्रबन्धक विनय जोशी भन्छन्, ‘ग्राहक सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता हो, यसमा हामी सदैव अगाडि रहनेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?