कुमारी बैंकको गैँडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न

लोकपथ
35
Shares

काठमाडौं । कुमारी बैंकले गैँडाकोटमा उद्यमीहरुको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

युसएड सँगको साझेदारीमा “देशै भरि वर्षै भरि” उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि बैंकले उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।

वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै  व्यवहारिकरुपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संम्वेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितरुपमा प्रकाशन तथा प्रसारणसमेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रर्वद्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?