काठमाडौं । गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोको कारण अझैसम्म देशका विभिन्न ६ मुख्य सडकखण्ड अवरुद्ध अवस्थामा रहेको छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार हालसम्म भीमफेदीस्थित कान्तिलोकपथ, रोशी गाउँपालिकास्थित वीपी राजमार्ग, भोटेकोशी गाउँपालिकास्थित बाह्रबिसे–तातोपानी सडकखण्ड पूर्ण रुपमा अवरोध रहेको छ ।
त्यस्तै छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटारस्थि जयपृथ्वी राजमार्ग पूर्ण रुपमा क्षति भइ अझैसम्म अवरोध रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अवरोध रहेका धेरै राजमार्ग तथा सडकखण्डहरु भने सूचनारु भएका छन् । नेपाल प्रहरी, नेपाली सेनाको पहलमा धेरै सडकखण्डहरु अझै एकतर्फी मात्र खुला रहेको प्रहरीले जनाएइको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया