कुमारी बैंकले ल्यायो दसैँ दक्षिणा अफर 

लोकपथ
63
Shares

काठमाडौं । कुमारी बैंकले विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरूप दसैँ दक्षिणा अफर ल्याएको छ । 

घटस्थापना देखि महानवमी सम्मको ९ दिनका लागि दसैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको बैंकले विजया दशमीको दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने १,००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गर्नेछ ।

त्यसै गरी एकादशी देखि कोजाग्रत पूर्णिमा सम्मको ४ दिन बैंकका सेवाग्राहीहरुले  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको दसैँ दक्षिणा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै यो योजना अन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ ।

यस प्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तीय कारोबारहरु विद्युतीय भुक्तानीका माध्यमहरूबाट आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?