झापा । बाह्रदशी गाउँपालिका–५ फुलाबारी बस्ने २२ वर्षीय राजेश हजामको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका–७ बस्ने ३१ वर्षीय समिर राजवंशी, २० वर्षीया मुना मेचे राजवंशी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।
राजेश गत जेठ १५ गते देखि हराई बेपत्ता भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले हत्या गरी बाह्रदशी गाउँपालिका–७ बिरिङ खोलाको पश्चिम किनारामा गाडेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया