व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग

लोकपथ
21
Shares

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।

देशभरका विपत्तिमा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले हालै आएको वर्षाबाट प्रभावित नगरपालिकाअन्तर्गत सबै वडाहरुको विवरण सङ्कलन गरी प्रभावित घर, खानेपानी र सडक संरचना पुनःस्थापना गर्ने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री उद्धार कोषमा करोडौँ रकम जम्मा भइसकेको छ । आइतबार एक दिनमा मात्रै उद्धार कोषमा सवा १० लाख रुपैयाँ जम्मा भएको थियो ।

बैठकले नगर क्षेत्रभित्र बढ्दो डेंगुको संक्रमणबाट जोगिन नगरवासीलाई आग्रह गर्दै परस्पर सद्भाव र सकारात्मक सोचका साथ दसैँ मनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?