आजको तरकारी तथा फलफूलको मूल्य

लोकपथ
91
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको लागि मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज तीन रुपैयाँले घटेर ११२ रुपैयाँ कायम रहेको छ । 

त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला २० रुपैयाँले बढेर ५० रुपैयाँ पुगेको छ । 

रायोको साग प्रतिकेजी १ं० रुपैयाँले घटेर १४० रुपैयाँ, बरेला १४० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ रहेको छ ।

आज हरियो खुर्सानीको भाउ प्रतिकेजी ३० रुपैयाँले बढेर १३० रुपैयाँ पुगेको छ भने, सुकेको खुर्सानी ४३० रुपैयाँ नै कायम छ । फूजी स्याउ ३००, केरा १४० ,अनार ३३० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?