काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैँ बिदामा पनि खुला रहनेछन् ।
आयोगका अनुसार बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालयहरू खुला रहने छन् ।
आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ ।
आयोगले यस अवधिमा मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया