कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा उद्धार कोषमा रकम हस्तान्तारण  

लोकपथ
98
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

मंगलबार कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित सञ्चालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा  दुई करोडको चेक हस्तान्तरण गरेका हुन् । 

यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?