काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख हस्तान्तरण गरेको छ ।
सोमबार बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३१ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा परी देशभर ठुलो धनजनको क्षति भएको छ । भौतिक संरचना निर्माण र राहतका लागि राज्यले अर्बौँ खर्च गर्नुपर्ने दायित्व समेत थपिएको छ ।
त्यसलाई मध्यनजर गर्दै बैंकले प्रधानमन्त्री कोषमा रकम हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बताए । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले ठुलो रकम सहयोग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया