रौतहट । यमुनामाई गाउँपालिका-५ मिठुअवा बस्ने २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै खेतमा जडान गरिएको विद्युतीय मोटरको तार जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवदर्शण अस्पताल सुकदेव चोकमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया