नयाँ बसपार्क : घर जान लम्किएका पाइलाहरु [फोटोफिचर]

लोकपथ
140
Shares

काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौंबाट आ–आफ्नो घर फर्किने यात्रुहरुको संख्या बढिरहेको छ ।

गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै हजारौँ यात्रुहरु बाहिरिसकेका छन् । बसपार्क भएर आफ्नो घर जानेहरुको भीडभाड देखिएको छ ।

असोज ११ र १२ गते आएको बाढीपहिरोका कारण राजमार्ग तथा सडकखण्ड बिग्रिएका कारण धेरै यात्रुहरु समस्यामा परिरहेका छन् । सडकमार्गबाट समस्या हुने देखिएपछि यो वर्ष हवाइ मार्गबाट समेत धेरै यात्रुहरु बाहिरिएका छन् ।

मंगलबार दिउँसो धेरै यात्रुहरु नयाँ बसपार्कबाट आ–आफ्नो गन्तव्यमा पुग्नका लागि हतारमा देखिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हालसम्म ९ लाख ८८ हजारले काठमाडौं उपत्यका छाडिसकेका छन् ।

कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले लोकपथलाई दिएको जानकारी अनुसार गत असोज १४ गतेसम्म ५ लाख ६६ हजारले उपत्यका छाडेका छन् । त्यस्तै घटस्थापना अर्थात् असोज १७ गतेबाट यता ४ लाख २२ हजारले काठमाडौं उपत्यका छाडेका हुन् ।

तस्बिरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?