कोरिया सरकारले नेपाललाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने

लोकपथ
126
Shares

काठमाडौं ।  गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनः निर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनः निर्माण तथा पुनः स्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?