बडादसैँ : रित्तिँदै शहर, भरिँदै गाउँ

लोकपथ
161
Shares

काठमाडौं । वर्ष ०८१ को बडा दसैँ नेपालीहरुको घरआँगनमा आइसकेको छ । गत असोज १७ गतेबाट घटस्थापना सुरु भएदेखि नै बजारमा चहलपहल छाउन थालेको छ ।

हालसम्म लगभग १० लाख मानिसहरुले काठमाडौं उपत्यका छाडिसकेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार घटस्थापनापछि नै करिब ५ लाख हाराहारीमा यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् ।

बाढीपहिरोले सडक संरचनामा क्षति पुर्याएसँगै यो वर्ष सडकमार्गबाट मात्र होइन हवाइ मार्गबाट समेत काठमाडौं छाड्नेहरुको लर्को लागेको छ ।

प्रत्येक वर्ष चाडपर्वका बेला काठमाडौं उपत्यका सुनसान हुने गरेको छ । करिब २० लाख मानिसहरुले काठमाडौं उपत्यका छाड्ने अनुमान छ । यसअघिका वर्षहरुमा १८देखि २० लाख नागरिकले काठमाडौं उपत्यका छाडेको तथ्यांक रहेको छ । यस वर्ष पनि सोही अनुपातमा नागरिकहरुले उपत्यका छाडेर आ–आफ्नो गन्तव्यमा लाग्ने अनुमान गरिएको छ । जसको कारण सधैँ मानिसहरुको भीडभाड हुने काठमाडौं उपत्यका सुनसान हुने गरेको छ । यस वर्ष पनि अझै दुई–तीन व्यापक रुपमा मानिसहरु बाहिरिने हु्ँदा अघिल्ला वर्षहरुमा जस्तै यस वर्षा पनि शहरी क्षेत्र सुनसान हुने देखिन्छ ।

दसैँ नजिकिएसँगै गाउँघरमा भने चहलपहल सुरु भइसकेको छ । धेरै मानिसहरु स्वदेशका शहरदेखि विदेशबाट समेत चाडपर्वको छेको पारेर आउने गरेका कारण गाउँघरमा रमझम सुरु भएको हो । यो वर्ष पनि शहरबाट गाउँ जानेहरुको संख्या बढेसँगै गाउँमा रमझम र शहरमा सुनसान देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?