एक बोत्तल पानी सय रुपैयाँमा बेच्दा दुई लाख जरिवाना

लोकपथ
63
Shares

कास्की । एक बोत्तल पानी सय रुपैयाँमा बेच्दा कास्कीको द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय पोखराले जरिवाना गरेको छ ।

तोकिएको अधिकतम खुद्रा मूल्य  २० को पानीको बोत्तल एक सयमा बेचेपछि कार्यालयले पोखरा–६ बैदामस्थित उक्त रेस्टुरेन्ट एण्ड बारलाई दुई लाख जरिवाना गरेको हो ।

पानी प्रशोधन कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । सोही स्थानका एक ग्राहकले  २० पर्ने एक बोत्तल मिनरल वाटर एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए ।

स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?