म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका सडकहरूमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् । सात वटा वडा रहेको धवलागिरिको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरू बाढी र पहिराका कारण गत असार महिनाको अन्तिम सातादेखि अवरुद्ध भएका थिए ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बर्खा रोकिएपछि डोजर परिचालन गरेर पहिरो पन्छाएर सबै सडकमा सहज रूपमा यातायातका साधानहरु व्यवस्था मिलाएको जानकारी दिए । ‘सडकमा खसेको पहिरो पन्छाउने, भत्किएको ठाउँमा मर्मत र खोलाहरूमा डाइभर्सन बनाएर सवारी साधन सञ्चालन हुने बनाएका छौ,उनले भने ‘हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड दसैँ मनाउन विदेश तथा सहर बजारबाट गाउँ फर्किने सर्वसाधारण गाडी चढेर गाउँमा पुग्न पाएका छन् ।’
सडकमा सवारी साधन सञ्चालन भएपछि स्थानीय बासीलाई आवत जावतका साथै निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि तथा पशुजन्य वस्तु बिक्रीका लागि बजार पठाउन सहज भएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष अकप्रसाद विकले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया