काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभाँश घोषणा गरेको छ ।
हिजो मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षका लागि बैंकले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत (कर सहित) नगद लाभाँश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिने सो बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया