सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–७ बाट नक्कली नोटसहित एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ३१ वर्षीय हजरूल खातुनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागुऔषध नाइट्रोजन १ सय ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया