कामना सेवा विकास बैंक र बुद्ध एयरबीच सम्झौता

लोकपथ
70
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयर प्राइभेट लिमिटेडसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यलाई बुद्ध एयरको टिकेटमा ८ प्रतिशत छुट दिने सम्बन्धमा उक्त सम्झौता भएको हो । 

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरि प्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका हुन् ।

बैंकका ग्राहकहरूले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन् । साथै, सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेको Buddha Air को काउण्टरबाट टिकट लिएपश्चात् बैंकको मोबाइल बैंकिङ मार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउने बैंकले जनाएको छ । 

यस सम्झौताबाट बैकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?