काठमाडौं । नवरात्रिको आठौँ दिन अर्थात् आज महाअष्टमी । यस दिन महाकाली (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ ।
भागवतका अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनी (शक्ति) का साथ यसै अष्टमीका दिन उत्पन्न भएकोले यस दिन उनको पूजा सोह्र सामग्रीले पूजा गर्ने गरिन्छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिइन्छ ।
यी दिनहरूमा मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गर्दै आएको छ ।
सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दछन् । यसै दिन दसैँघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । महागौरि आठ बर्षको उमेरमै कठोर तपश्यामा लिन हुदाँ शरीर कालो भएको थियो र साक्षात् शिवले गंगा जलद्वारा स्नान गराए पछि यिनको शरीर गोरो भएका कारण महागौरि भनिएको हो ।
महागौरि शिव भगवानकी शक्ति मानिन्छिन् । महागौरिको पूजा गर्नाले चित्त शान्त हुन्छ भने , विवाह सम्बन्धी सम्पूर्ण समस्याको निराकरण हुने शास्त्रमा बताउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया