काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक क्षेत्र प्रविधि र प्रतिस्पर्धाको हिसाबले कमजोर अवस्थामा रहेको बताएकी छन् ।
बुधबार काठमाडौंमा १५०औँ हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले हुलाक एउटा पुरानो महत्त्वपूर्ण संस्था भए पनि प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण अहिले खुम्चिन पुगेको बताइन् ।
उनले भनिन्, ‘यो एउटा पुरानो महत्त्वपूर्ण संस्था हो । नागरिक तहसम्म पुगेको एउटा बलियो, संयन्त्र अझै पनि रहेको छ । यद्यपी पुनसंरचनाको क्रममा केही अतिरिक्त इलाका हुलाकहरू पालिका हुलाकमा स्थानान्तर गरेका छौँ । केही कार्यालय र कर्मचारीहरू हटेका पनि छन् । यसको काम र क्षेत्रको हिसाबले अझै पनि यो बलियो र सुदृढ संस्था बन्न सक्ने देखिन्छ । यद्यपी प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण विगतमा ठुलो कार्यक्षेत्र भएको संस्था अहिले खुम्चिन पुगेको छ ।’
यस्तै, उनले हुलाक सेवामा सुधार गर्नको लागि ऐन, नियम र कानुनबाट केही व्यवस्था गर्नुपर्ने भन्दै त्यसको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया