काठमाडौं । लण्डनबाट हरेक वर्ष दिइने ‘वल्र्ड बुक अफ रेकर्ड’ यो वर्षको लागि लेखनकुन्ज नेपालका संस्थापक तथा अध्यक्ष कमल ढकाललाई प्रदान गरिएको छ ।
प्रमाणपत्र, मेडल र तक्मासहित प्रदान गरिएको यो अवार्ड काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा विभिन्न विधाका ख्यातिप्राप्त व्यक्तिहरूलाई दिइएको हो ।
कार्यक्रममा लेखन, पठन संस्कृति र नाटकलाई उत्थान गर्न लेखन र पत्रकारिता हुँदै लेखनकुञ्जको माध्यमबाट योगदान पुर्याएकोमा प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
विशेषत वर्ल्ड रेकर्ड बनाउनेलाई मात्र दिइने यो अवार्ड केही वर्ष यता देखि सामाजिक, स्वास्थ्य, शिक्षा, व्यापार लगायतका क्षेत्रमा कहीँ न कहीँ केही न केही आफ्नो जीवन र समाजको लागि काम गर्ने नेपालीलाई दिइएको लण्डनबाट अवार्ड दिन आएका वर्ल्ड बुक अफ रेकर्डका सीईओ सन्तोष शुक्लाले बताए ।
नेपालका लागि यसको संयोजन उक्त संस्थाका प्रतिनिधि सन्तोष कटुवालले गरेका हुन् । यस वर्षको ‘वर्ल्ड बुक अफ रेकर्ड’ लेखक तथा पत्रकार ढकालका साथै मिथिला शर्मा,चैत्य देवी,कला सन्जेल,डा सुभाष घिमिरे, डा मनोहरलाल श्रेष्ठ, दीपक जंगम लगायतलाई प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया