असोज २२ सम्म वैदेशिक रोजगारीमा जानेको संख्या ५५ हजार बढी

लोकपथ
56
Shares

काठमाडौं । हिन्दुहरुको महान पर्व दसैँ घर घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको संख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दसैँ नमनाई यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् ।

श्रम स्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दसैँ नमनाई विदेशिएका हुन् । गत वर्ष दसैँ परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो ।

टिकट, भिसा र करार सम्झौताअनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दसैँको मुखका विदेश गएका हुन् । वैदेशिक रोजगार विभागकाअनुसार देखिन्छ । असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् ।

दसैँअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या लगभग १ लाख ७३ हजार पुगेको छ । दसैँको मुखमा विदेश जानेभन्दा दसैँ मनाउन स्वदेश आउनेको संख्या बढी हुने भए पनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरूको संख्या विमानस्थलमा अत्यधिक देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?