टीका लगाउँदा कता फर्कने ?

लोकपथ
168
Shares

काठमाडौं । आज विजयादशमी अर्थात् बडा दसैँको टीकाको दिन । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा दसैँको टीका र जमरा लगाइने दिन हो ।

यस वर्षको दसैँको टीकाको लागि उत्तम साइत असोज २६ गते अर्थात् दशमीको दिन बिहान ११ बजेर ३६ मिनेटका लागि तय गरिएको छ ।

टीका लगाउँदा कता फर्किएर टीका लगाउने भन्ने सधैँ दोधार हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाइदिने र टीका ग्रहण व्यक्तिको आसनका सम्बन्धमा पनि व्यवस्था गरेको छ ।

पञ्चाङ्ग समितिका अनुसार टीका ग्रहण गर्दा टीका लगाइदिने व्यक्ति पश्चिम फर्कने र टीका लगाइ माग्ने व्यक्ति पूर्व फर्कनुपर्ने जनाएको छ । आफन्त तथा मान्यजनको हातबाट टीका ग्रहण गर्दा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किएमा शुभ हुने समितिले जनाएको छ ।

दसैँको टीका असोज ३० गते पूर्णिमाको दिन समाप्त हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?