राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका (फोटो फिचर)

लोकपथ
63
Shares

काठमाडौँ । विजया दशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइदिएका छन् । शीतल निवासमा राष्ट्रपति पौडेलले साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् ।

राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका लगाइदिनुभन्दा अगाडि आफ्ना ९४ वर्षीय दाजु डुण्डीराज पौडेलको हातबाट शुभ साइतमा टीका ग्रहण गरेका थिए । त्यसै गरी पौडेलले गुरु पुरोहितबाट समेत दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए ।

आफूले टीका लगाइसकेपछि राष्ट्रपति पौडेलले उच्चपदस्थ सरकारी कर्मचारी, सेना, प्रहरीका उच्चपदस्थ कर्मचारी र सर्वसाधारणलाई समेत टीका लगाइदिएका थिए ।

हेर्नुहोस्, शीतल निवासमा टीका ग्रहणका केही दृश्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?