केही प्रदेशको पहाडी भूभागका वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले केही प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको र कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक प्रभाव रहेको जनाएको छ ।

स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोसी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम बदली रहनेछ ।

आज दिउँसो कोसी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीन वटै प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा पनि कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?