३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक

लोकपथ
700
Shares

काठमाडौं । ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले ‘अभ्यास क्याम्ब्रियन गस्ती, २०२४’मा स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतमा भएको अभ्यास क्याम्ब्रियन गस्तीमा नेपाली सेनाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक जितेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको हो ।

संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ ।

दुई दिनभित्र हतियारसहित करिब ५० पाउन्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइँ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षता परीक्षणका आधारमा मूल्याङ्कन हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?