प्रहरी महानिरीक्षक कुँवरले लगाइदिए सकल दर्जाका प्रहरीलाई टीका

लोकपथ
0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैँ २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् । प्रहरी महानिरीक्षककै निवासमा कुँवरले दसैँको टीका लगाइदिएका हुन् ।

आइतबार प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित भएका सकल दर्जाका प्रहरी कर्मचारीलाई महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाइदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

दसैँको टीका लगाउन इच्छुक प्रहरी कर्मचारीका लागि आइतबार अपराह्न १ बजेदेखि ३ बजेसम्मको समय दिइएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरसमेत उपस्थित थिइन् ।

टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?