ताइवानको तटमा चीनको सैन्य अभ्यास सुरू

लोकपथ
49
Shares

एजेन्सी । चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । पीपुल्स लिबरेसन आर्मी (पीएलए) ले उक्त अभ्यास गरेको हो ।

उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि स्थिति असामान्य बनेको हो ।

बेइजिङले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् । उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।

चीनले यसअघि पनि ताइवानको वरिपरि ठुलो युद्ध अभ्यास गरेको थियो । चीनले उक्त टापु आफ्नो दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?