६९औँ प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो (फोटोफिचर)

लोकपथ
42
Shares

काठमाडौं । नेपाल प्रहरीको ६९औँ प्रहरी दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

यस दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा गृहमन्त्री रमेश लेखकको आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा गृहमन्त्रीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।

साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?