ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता 

लोकपथ
294
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच सम्झौता भएको छ ।  गैर कोषमा आधारितबैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता भएको हो ।

 उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहक रुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?