महिला टी–२० विश्वकप : वेस्ट इन्डिज सेमिफाइनलमा 

लोकपथ
168
Shares

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वेस्ट इन्डिजका लागि कप्तान ह्वेली म्याथ्युजले पनि ५० रन बनाइन् ।

इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । वेस्ट इन्डिजले १८ ओभरमा चार विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

यो जितपछि अब वेस्ट इन्डिजसँगै समूह ’बी’ बाट दक्षिण अफ्रिका सेमिफाइनल पुगेको छ । इंग्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?