वीपी राजमार्गको धुलिखेल–भकुण्डेबेसी खण्डमा रातभर सवारी चलाउन रोक

लोकपथ
70
Shares

कठमाडौं । नयाँ ट्र्याक खोलेर सुचारु गरिएको वीपी राजमार्गको धुलिखेल–भकुण्डेबेसी सडक खण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ ।

बाढीपहिरो र डुबानले क्षति पुर्‍याएको भकुण्डेबेसी–वर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटर सडक नयाँ ट्र्याक खोली यात्रुवाहक सवारी साधन सुचारु गरिएकोमा मर्मत र सुधार कार्य भइरहेको जनाउँदै तत्कालका लागि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्मका लागि आवागमन बन्द गरिएको हो ।

सडक डिभिजन भक्तपुरकाअनुसार, नयाँ ट्र्याकको मर्मत तथा सुधार कार्य भइरहेको साथै जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको हो ।

गत असोज दोस्रो साता परेको भीषण वर्षाका कारण रोशीखोलामा आएको भीषण बाढीका कारण वीपी राजमार्ग क्षतविक्षत बनेको छ । बाटो बिग्रँदा दसैं अगाडि सञ्चालनमा आउन नसकेको सो राजमार्ग दसैंको टीकालगत्तै सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?