कामना सेवा विकास बैंकको लाभांश पारित 

लोकपथ
49
Shares

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले बैंकको १८औँ वार्षिक साधारणसभाबाट लाभांश पारित गरेको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश पारित गरेको हो । 

साथै लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८०।८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ । त्यसै गरी सभाले १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरी अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धि गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरुसमेत पारित गरेको छ । 

उक्त साधारण सभाले आ.व. २०८१/०८२ को लेखा परीक्षण नियुक्ति गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस न्यौपाने एण्ड कम्पनी, चार्टर एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?