काठमाडौं । असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम वृद्धि हुने भएको छ ।
सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । नियमावली संशोधन भएपछि सात लाख रुपैयाँबाट बढाएर १० लाख बनाइएको हो ।
वैदेशिक रोजगार बोर्डका अनुसार असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको हो ।
बोर्डका अनुसार मृतक परिवारले पाउँदै आएको राहत बढाएर अब १० लाख दिइनेछ । वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो ।
वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरूले राहतबापत प्राप्त गर्दै आएका छन् । सरकारले भने श्रमिकको कल्याणकारी कोषमा जम्मा भएको रकमबाट मृत्युको क्षतिपूर्ति रकम दिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया