बिहीबार सुनको मूल्य बढ्दा चाँदी स्थिर

लोकपथ
182
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेरर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो । 

बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । 

बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार  भइरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?